गठबन्धनको कार्यदलले सरकारका संचालन सम्बन्धी बनेको प्रतिवेदन प्रधानमन्त्री लगायत नेताहरुलाई बुझाए

 लिम्बुवान न्युज
                       

काठमाडौँ। सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका प्रमुख नेताहरूलाई बुझाएको छ ।

शुक्रबार बिहान कार्यदलका सदस्यहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कार्यदलले प्रतिवेदन बुझाइएको हो ।

बालुवाटारमा कार्यदलका सबै सदस्यको प्रतिनिधित्व गर्दै संयोजक कांग्रेस नेता खुम बहादुर खड्काले प्रधानमन्त्रीलाई देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

सरकार सञ्चालनका लागि साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ६ जना नेताहरुको सहभागितामा कार्यदलले प्रतिवेदन बनाएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...