मुमिता बनिन् विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली

विजयपुर, २४ साउन। प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१को विजेता तेह्रथुमकी मुमिता तेयुङ भएकी छन् । उनीे अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै विजेता भएकी हुन् ।

चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका फोटो प्रतियोगितमा धरान १८ मा बस्दै आउनुभएकी तेह्रथुमकी तेयुङले सबै भन्दा बढी मत प्राप्त गरेकी थिइन् ।

शुक्रबार धरानमा एक कार्यक्रम आयोजना गरि याक्थुङ लिम्बु समुदायको लोकप्रिय पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसरमा उद्योगको फेसबुक लाइभमार्फत् घोषणा गरिएको नतिजामा उनले सबैभन्दा धेरै लाइक् र सेयर प्राप्त गरेकी थिइन् ।

विजेता तेयुङले नगद २५ हजार हात परेकी छन् भने अन्य थुप्रै पुरस्कार जितेकी छन् । यसरी नै द्वित्तीय भएकी धरानका निङ्वासाङ्मा इङ्नामले २० हजार हात पारेकी छन् भने तेस्रो भएकी धरानकै रोजानी तेयुङले १५ हजार बराबरको ढाका पोशाक पाएकी छन् । प्रतियोगिहरुले प्रमाणपत्रले समेत सम्मान गरिएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट फोटोग्राफीको अवार्ड भने सिक्किमका कर्णहाङ सुब्बाले हात पारेका छन् । विजेताहरूलाई आयोजक संस्था उद्योगकी प्रोप्राइटर यमुना तुम्सा सङ्यक र विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका चोत्लुङ अर्वाड विजेता पेपराज माबुहाङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाकी सदस्य नुमा तुम्साले संस्कृतिक र मौलिक ढाकाका पहिरन साथै उत्पादनलाई प्रवर्दन गर्दै जातीय साँस्कृतिक पहिचानप्रति जागरण ल्याउन प्रतियोगितनुा आयोजना गरिएको बताइन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...