सरकारद्वारा साझा कार्यक्रम सार्वजनिक, चैत्रसम्ममा सबै नेपालीलाई कोरोना खोप दिईने

 लिम्बुवान न्युज
                       

  • तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं। गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिई सकिने पनि कार्यक्रममा समावेश गरेको छ ।

आज गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै चैतमसान्त भित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरेको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव साथै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक एकसाथ आज सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आयोजित सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू उच्च पदस्थअधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सरकारको साझा कार्यक्रम बारे कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए । खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमको मुख्य एजेण्डा भनेको नै चैतसम्ममा सबै जनतालाई निःशुल्क रूपमा कोरोना खोप दिने उल्लेख रहेको बताए ।

यस्तै साझा कार्यक्रममा नेपालमै कोरोना खोप उत्पादनको लागि सम्भावित अध्ययन गर्ने, नेपालको सिमानामा देखिएको समस्यालाई कुटनीतिक पहल गरि समाधान गर्ने । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने त्यसैगरी ओली सरकारका पालामा भएको स्वास्थ्य सामाग्री खरिद अनियमितता बारे छानविन गर्ने लगायत विषयहरु साझा कार्यक्रममा मुख्य वँुदाको रुपमा समावेश गरिएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;