सहकारीद्वारा मृत्यु भएका शेयरसदस्यहरुलाई आर्थिक सहयोग प्रदान

,   लिम्बुवान न्युज
                       

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ मा रहेको माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाले मृत्यू भएका आफ्ना सेयर सदस्यका परिवारलाई जनही पाँच हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमका साथै सञ्चालक समितिको पदाधिकारी तथा सदस्यहरुले मृतकको घरघरमा पुगेर परिवारलाई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

मृत्यू भएका सेयर सदस्य माङसेबुङ ५ का टेकबहादुर लावती, धनमाया साङपाङ राई, राजेन्द्र प्रसाद आङदेम्बे, सन्तकुमार केदेम र चित्रमाया लिङदमका परिवारलाई सो रकम प्रदान गरिएको सहकारीका व्यावस्थापक चनहाङ् सेर्माले बताए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;