आज २७औं विश्व आदिवासी दिवसः विश्वमा एकै साथ मनाइदै

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५साउन । आज अगष्ट ९ तारिख २७औं विश्व आदिवासी दिवस संसारका आदिवासीहरुले ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ भव्य रुपमा मनाउँदै छन् ।

यसै क्रममा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्नुहुने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना दिदै प्रधानमन्त्रीले दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई सम्बोधन गर्दै संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन १६९ को प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको रहेको छ ।

नेपालमा पछिल्लो समय आदिवासीहरुमा सांस्कृतिक पुनःउत्थान भएतापनि भाषिक, राजनीतिक, संघीयता र सह–अस्तित्वको मुद्दामा कमजोर हुँदैगएको विश्लेषणहरु हुँदै आएको छ । आदिवासीहरुको मागहरु नारामै सिमित भएको भन्ने आवाजहरु समेत गुन्जन थालेको हुँदा नेपाल आदिवासी जनजाति महासंघले यस प्रति सचेतनामूलक कार्यक्रमहरु गर्दै अघि बढ्नु पर्ने आदिवासी विश्लेषकहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;