महासंघले एक करोडको पत्रकार कल्याण कोष बनाउने

 लिम्बुवान न्युज
                       

दमक, २५ साउन । नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिले विभिन्न महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।

प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतबार बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । कोरोनाका कारण प्रदेशमा चार पत्रकारको मृत्यु भएको र १२५ जना सङ्क्रमित भएको विवरण महासङ्घमा रहेको जानकारी गराइएको छ ।

बैठकले कोरोना महामारीका बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारको पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्य आपत्तिजनक रहेको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सबै सञ्चारगृहलाई आग्रह गरेको छ । श्रमको मूल्यका लागि आवश्यक परे सङ्घर्षमा उत्रने र सङ्घर्षका अभियानमा सामेल हुने निर्णय गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडिया बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिइ पत्रकार र स्वरोजगारमूलक मिडियाको उत्थानका लागि विशेष प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरिएको छ ।

कोभिड सङ्क्रमणको तेस्रो लहरको सम्भावित खतरा आइरहेकाले त्यसमा सचेत रहन सबै पत्रकारलाई आग्रह गर्दै आवश्यक तयारी गर्ने निर्णय गरिएको छ । महासङ्घको विधानअनुसार प्रदेश समितिमार्फत सदस्यता नवीकरण गराउन सबै शाखालाई सूचित गर्दै यसअघि केन्द्रीय समितिले प्रदान गर्दै आएको परिचयपत्र अब प्रदेश समितिमार्फत वितरण गर्ने निर्णय गरिएको छ ।

कोरोना महामारीबाट सुरक्षित हुन गरिएको बीमाबापतको रकम सङ्क्रमित भएर बीमा दाबी गर्ने पत्रकारले नपाएका सन्दर्भमा तत्काल बीमा रकम भुक्तानी गर्न बीमा कम्पनीलाई खबरदारी गर्दै त्यसमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको सचिव देवेन्द्र कार्कीले बताएका छन् ।

यसैगरि बैठकले महासङ्घको कामलाई व्यवस्थित गर्न महासचिव विवेक गौतमको संयोजकत्वमा सङ्गठन विभाग, उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा महिला विभाग, सचिव सन्तोष यादवको नेतृत्वमा समावेशी विभाग र सदस्य पिवी दियालीको संयोजकत्वमा दलित विभाग गठन गरिएको छ । महासङ्घ प्रदेश समितिको आफ्नो वेभपोर्टल निर्माण गरी शाखाका सदस्यसहित विवरण र गतिविधि नियमित अद्यावधिक गर्ने निर्णय बैठकले गरेको महासंघ प्रदेश समिति सदस्य बिष्णु सुब्बाले जानकारी दिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;