
मोरङ । मोरङको सुन्दरहरैचा ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालक पक्राउ परेका छन् । धनकुटाको शहिदभूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई पक्राउ परेका हुन् ।
सोमबार दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको थियो ।
थप अनुसन्धान र सोधपुछ पश्चात राईको कोठामा समेत खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उक्त सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।