लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रमुखद्वारा नयाँ सरकारको लागि आव्हान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् ।

दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेको सचिवालयले जनाएको हाे ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव छलफल हुनु पूर्व नै उनले राजीनामा दिएका हुन् । उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै रहेका छन् । एमालेका नेता पोखरेल ४१ महिना २४ दिन मुख्यमन्त्री रहेका थिए ।

साथै, संविधान बमोजिम अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेको समेत प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबिच लुम्बिनी प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आज (बुधबार) नै सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनने संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गरेका हुन् ।

भावी मुख्यमन्त्रीका रूपमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई अगाडि सारेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...