लिम्बुवान मञ्चद्वारा मोरङमा क्रियासिल सदस्य फाराम वितरण शुरु

 लिम्बुवान न्युज
                       

पथरी, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफू मातहतको प्रान्तीय मञ्चहरुमा क्रियासिल सदस्यता फाराम वितरणलाई तिब्रता दिएको छ । मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले आज बुधबारदेखि मोरङ् जिल्लाबाट सदस्यता फाराम वितरण शुरु गरेको जनाएको छ ।

मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीका अनुसार जिल्लामा पहिलो चरण ५ हजार क्रियासिल सदस्यता कार्ड वितरण गर्ने बताइन् । संघीय मञ्चको आगामी महाधिवेशनलाई लक्षित गर्दै अबको डेढ महिना भित्र क्रियासिल वितरण सम्पन्न गर्दै सबै स्थानीय पालिकाहरु र जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी भईरहेको छ- भनिन् ।

कोरोना महामारीले काम गर्न गाह्रो भएको हुँदा आज मोरङको रतुवामाई, उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ्, बेलबारी, सुन्दर हरैचा, केराबारी र कानेपोखरी गाउँपालिकामा एकैदिन क्रियासिल सदस्यता वितरणको लागि पालिकाहरुलाई फाराम वितरण गरिएको जिल्ला इन्चार्ज पार्टीका उपमहासचिव दिल कुमार लावतीले बताए ।

क्रियासिल सस्यता वितरण कार्यदलका सदस्य समेत रहेका लावतीका अनुसार लिम्बुवान मञ्च अन्तर्गतका नौ वटा जिल्लाहरुमा करिब ५० हजार क्रियासिल कार्ड बनाउने लक्ष्यका साथ लिम्बुवान अघि बढेको बताए । पहिचान र संघीयताको आन्दोलनलाई विगत १६ बर्षदेखि निरन्तर हाकिरहेको मञ्च तथा मातहतको लिम्बुवानले आफ्नो अस्तित्व रक्षा र पहिचानक्रान्ती सफल बनाउन नेपाल सरकार निर्वाचन आयोगको ऐनलाई टेकेर क्रियासिल सदस्यता वितरण एवं महाधिवेशनसम्मको तयारीलाई तिब्र रुपमा अघि बढाईएको हो– मञ्चका संचार प्रमुख समेत रहेका लावतीले बताए ।

वर्तमान अवस्थामा ठूला राजनीतिक दलहरु भ्रष्टचार, कुर्सी र शक्तिमा मात्र केन्द्रित भई नेपालको संघीयतालाई नै समाप्त पार्ने दिशातर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै मञ्चले संघीयताको मुद्दालाई संस्थागत गरेर अघि बढ्ने प्रतिबद्धताका साथ अघि बढेको नेता लावतीले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;