क्यान्सर पिढीत लिम्बुद्वारा उपचारको लागि अपिल

 लिम्बुवान न्युज
                       

लेटाङ् । मोरङको लेटाङ ३ मा बस्दै आएका अमित लिम्बुले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बर्ष २७ का लिम्बु २ बर्ष साउदी अरबमा बसेर फर्कने क्रममा आन्द्राको क्यान्सर देखापरेपछि हाल उपचारको लागि याचना गरेका हुन् ।

गत २०७७ साल मंसिरमा साउदीबाट घर फर्किएपछि निरन्तर उपचारमा रहेका लिम्बुको हालसम्म १५ लाख भन्दा धेरै खर्च भएको विरामीका मामा जीवन लिम्बुले बताए । घरको आर्थिक अवस्था कम्जोर भएका लिम्बुको काठमाडौंको धुलिखेल, भक्तपुर क्यान्सर अस्पताल, चितवनको भरतपुर क्यान्यसर अस्पताल, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज विराटनगर र झापा विर्तामोडको बि एण्ड सी अस्पतालमा पटक–पटक उपचार र अप्रेशन गरिएको हुँदा आर्थिक अभाव भएको लिम्बु बताउँछन् ।

अप्रेशनको क्रममा आन्द्रा काटिएपछि कृत्रिम पाइपबाट पेट चिरेर दिशा जाने बाहिर एउटा ब्याग राखेर उपचार भईरहेको पिढीत लिम्बु बताउँछन् । कलिलो उमेरमा सोच्दै नसोचेको रोगले सताएपछि परिवारमा चिन्ता थपिएको उनले बताए । विवाहित लिम्बुको श्रीमती र २ छोरीहरु रहेको आमा विष्णु कुमारी लिम्बुले बताइन् ।

सामान्य परिवारमा जन्मिएका लिम्बुको परिवारमा यतिबेला खर्चको अभाव भएको हुँदा आर्थिक सहयोगको समेत अपिल गरिएको बिरामीका मामाले बताए । घरमा खान र बस्न नै धौधौ परिरहेको बेला लाखौं रकम खर्च सक्दा समेत विरामी निको हुने अवस्था नभएकोहुँदा अब थप खर्च कहाँबाट जुटाउने भनेर पिढा थपिएको उनले बताए ।

विरामी बारे थप जानकारी लिन इच्छुकले विरामीको मामा जीवन लिम्बुको मोवाइल नम्बर ९८१८२६६८०० नम्बरमा सिधै सम्पर्क गर्न समेत अपिल गरेका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...