दमक ४ मा माओवादी केन्द्रको वडा कमिटी गठन

 लिम्बुवान न्युज
                       

दमक, २८ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक–४ मा २१ सदस्यीय रहेको वडा कमिटि गठन गरेको छ । बुधबार वडा नं ४ द्वारा आयोजित भेलाले मानबहादुर श्रेष्ठको अध्यक्षतामा वडा कमिटि गठन गरिएको हो ।

समितिको वडा कमिटि सचिवमा शुसिल कार्की निर्वाचित भएका छन् भने सदस्यहरुमा अनिमा तामाङ, विष्णुमाया धिमाल, कृष्ण बुढाथोकी, भीष्म उप्रेती, सरस्वती नेपाल, बीरबहादुर बिश्व, भोजमान विश्वकर्मा, शेरबहादुर खड्का, उर्मिला तामाङ, कृष्ण कुमार बिष्ट, दिपक सुनुवार, लीलादेबी बर्देवा, बेदमाया ढुङ्गेल, तारामान खत्री, भुवन खड्का, मन कुमारी मैनाली, शिबलाल गौतम, बिनोद धिमाल, र धनबहादुर धिमाल छन् ।

नेकपाबाट सर्बोच्चले पुरानै अवस्थामा एमाले र माओवादी केन्द्रलाई फर्काइदिएपछि पछिल्लो समय माओवादी केन्द्रले देशव्यापी रुपमा वडा कमिटी गठनलाई तिब्रता दिएसँगै दमक नगरको सबै वडाहरुमा प्रशिक्षण मुलुक भेलाको आयोजना गरेर वडा कमिटि गठन गर्दै आइरहेको पार्टीका दमक नगर सचिवालय सदस्य एबम् दमकका युवा व्यवसायी अशिम राईले बताए ।

वडा कमिटि गठन कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य एबम् नेता गगन पुरी, श्रीकान्त, बेदु गौतम लगायत दमक नगर कमिटिका सचिव तीर्थराज (शखर) बस्नेत र अशिम राईको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...