कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान रहेको तर आमन्त्रित केन्द्रीय सदस्यको हकमा त्यो लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै राजिनामा दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनाएका छन् ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरहको अधिकार समेत नदिएको भन्दै उनीहरुले सामूहिक राजीनामा गरेका हुन् । पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि आमन्त्रित केन्द्रीय सदस्यहरुलाई नभएको विधानमा समेत आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा दिएको एक आमन्त्रिक केन्द्रीय सदस्यले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ । सो बैठकबाटै सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुमा नन्दनकुमार दत्त (सुनसरी), कुमार खड्का (कास्की), बालकृष्ण पाण्डेय (नेजस भारत), आनन्द (गोरख) विष्ट (नेजस अमेरिका), नरेन्द्रकुमार चौधरी (सुनसरी), हसन अन्सारी (मोरङ), किरणराज शर्मा पौडेल (बाग्लुङ), रमा कोइराला पौडेल (सुनसरी), कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा), ध्रुव वाग्ले (तनहुँ), मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा), दिलीप राई (झापा), आशाराम चौधरी र.राजेन्द्रबहादुर सिंह रहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;