कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान रहेको तर आमन्त्रित केन्द्रीय सदस्यको हकमा त्यो लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै राजिनामा दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनाएका छन् ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरहको अधिकार समेत नदिएको भन्दै उनीहरुले सामूहिक राजीनामा गरेका हुन् । पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि आमन्त्रित केन्द्रीय सदस्यहरुलाई नभएको विधानमा समेत आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा दिएको एक आमन्त्रिक केन्द्रीय सदस्यले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ । सो बैठकबाटै सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुमा नन्दनकुमार दत्त (सुनसरी), कुमार खड्का (कास्की), बालकृष्ण पाण्डेय (नेजस भारत), आनन्द (गोरख) विष्ट (नेजस अमेरिका), नरेन्द्रकुमार चौधरी (सुनसरी), हसन अन्सारी (मोरङ), किरणराज शर्मा पौडेल (बाग्लुङ), रमा कोइराला पौडेल (सुनसरी), कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा), ध्रुव वाग्ले (तनहुँ), मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा), दिलीप राई (झापा), आशाराम चौधरी र.राजेन्द्रबहादुर सिंह रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...