लोक कल्याणकारी विज्ञापन अब हुलाकबाटै प्रदान गरिने

 लिम्बुवान न्युज
                       

काठमाडौं । विज्ञापन बोर्डबाट लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गर्ने बताएकोछ ।

शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ ।

बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ । छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मण कुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाश तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए ।

सम्बन्धी सबै जिल्ला हुलाक मार्फत लोक कल्याणकारी विज्ञापनको प्रकाशन, प्रशारण तथा भुक्तानी समेत दिने गरी कार्यविधि बनेको हुँदा जिल्ला स्तरमा एक सिफारिस तथा अनुगमन समिति बनाईने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;