महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षणको लागि समिति गठन

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २९ साउन । तेह्रथुमको आठराई १ संक्रान्तीबजारस्थित १६ औं राष्ट्रिय विभुति महागुरू फाल्गुनन्द लिङ्देनको प्रतिमा संरक्षण गरिने भएको छ । शुक्रबार प्रतिमा संरक्षण, सम्वर्धन तथा सेवापुजाको निमित्त गर्नको निमित्त २१ सदस्यीय ‘फाल्गुनन्द प्रतिमा संरक्षण समिति’ गठन गरिएको छ ।

स्थानीय समाजसेवी एवं बुद्धिजिवी विष्णुकुमारी मावोको अध्यक्षतामा संरक्षण समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा रत्न मुसाहाङ, सचिवमा मृगेन ईङ्नाम, सह–सचिवमा लिला कुमारी(संगीता)ईङ्नाम पाहिम, कोषाध्यक्षमा लक्ष्मी कार्की चुनिएका छन् ।

यस्तैगरी सदस्यहरूमा क्रमश लोकमान ईश्वो, उमादेवी ईङ्नाम, धन वहादुर पन्धाक, दिलकुमार पाहिम,नरेन्द्र कुमार ईङ्नाम, युवराज ईङ्नाम, देउकुमारी ईङ्नाम कन्दङ्वा,चक्रवहादुर ईङ्नाम, लाख वहादुर पन्धाक, दिलकुमार चोङ्वाङ, स्वामी तेजमान कन्दङ्वा, पुर्ण वहादुर सिंगोक, शेरवहादुर (विकाश)ईङ्नाम, विशाल ईङ्नाम, रामकुमार ईङ्नाम र दिलमाया ईङ्नाम रहेको निर्वाचित सचिव इङनामले बताए ।

यस्तै सल्लाहकार समितिमा प्रमुख सल्लाहकार भगीराज ईङ्नाम (काठमाण्डौ), त्यसैगरी सल्लाहकारहरू चन्द्र वहादुर ईङ्नाम (यूके), श्यामकुमार ईङ्नाम (हङकङ), नगेन्द्र ईङ्नाम (अमेरिका), विजयसागर कन्दङ्वा(छातेढुङ्गा), रोहित कन्दङ्वा (थोक्लुङ्), प्रेम पौड्याल(संक्रान्ती), गोपी ढुङ्गाना (खाम्लालुङ्) र अकलवहादुर ईङ्नाम (ह्वाकु) रहेका छन् ।

संक्रान्तिबजारमा निर्मित किरातधर्मावलम्बीहरुको आस्थाको धरोहर महागुरु फाल्गुनन्दको शालिकलाई संरक्षण गर्दै किरात धर्म प्रति सचेतना जोगाउन र त्यस क्षेत्रमा रहेका किरातजातीहरुमा धार्मिक तथा सांस्कृतिक परिवर्तनसँगै भाषा संस्कार संस्कृति संरक्षणको लागि समेत समिति सक्रिय रहने नव निर्वाचित सचिव इङनामले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...