महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षणको लागि समिति गठन

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २९ साउन । तेह्रथुमको आठराई १ संक्रान्तीबजारस्थित १६ औं राष्ट्रिय विभुति महागुरू फाल्गुनन्द लिङ्देनको प्रतिमा संरक्षण गरिने भएको छ । शुक्रबार प्रतिमा संरक्षण, सम्वर्धन तथा सेवापुजाको निमित्त गर्नको निमित्त २१ सदस्यीय ‘फाल्गुनन्द प्रतिमा संरक्षण समिति’ गठन गरिएको छ ।

स्थानीय समाजसेवी एवं बुद्धिजिवी विष्णुकुमारी मावोको अध्यक्षतामा संरक्षण समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा रत्न मुसाहाङ, सचिवमा मृगेन ईङ्नाम, सह–सचिवमा लिला कुमारी(संगीता)ईङ्नाम पाहिम, कोषाध्यक्षमा लक्ष्मी कार्की चुनिएका छन् ।

यस्तैगरी सदस्यहरूमा क्रमश लोकमान ईश्वो, उमादेवी ईङ्नाम, धन वहादुर पन्धाक, दिलकुमार पाहिम,नरेन्द्र कुमार ईङ्नाम, युवराज ईङ्नाम, देउकुमारी ईङ्नाम कन्दङ्वा,चक्रवहादुर ईङ्नाम, लाख वहादुर पन्धाक, दिलकुमार चोङ्वाङ, स्वामी तेजमान कन्दङ्वा, पुर्ण वहादुर सिंगोक, शेरवहादुर (विकाश)ईङ्नाम, विशाल ईङ्नाम, रामकुमार ईङ्नाम र दिलमाया ईङ्नाम रहेको निर्वाचित सचिव इङनामले बताए ।

यस्तै सल्लाहकार समितिमा प्रमुख सल्लाहकार भगीराज ईङ्नाम (काठमाण्डौ), त्यसैगरी सल्लाहकारहरू चन्द्र वहादुर ईङ्नाम (यूके), श्यामकुमार ईङ्नाम (हङकङ), नगेन्द्र ईङ्नाम (अमेरिका), विजयसागर कन्दङ्वा(छातेढुङ्गा), रोहित कन्दङ्वा (थोक्लुङ्), प्रेम पौड्याल(संक्रान्ती), गोपी ढुङ्गाना (खाम्लालुङ्) र अकलवहादुर ईङ्नाम (ह्वाकु) रहेका छन् ।

संक्रान्तिबजारमा निर्मित किरातधर्मावलम्बीहरुको आस्थाको धरोहर महागुरु फाल्गुनन्दको शालिकलाई संरक्षण गर्दै किरात धर्म प्रति सचेतना जोगाउन र त्यस क्षेत्रमा रहेका किरातजातीहरुमा धार्मिक तथा सांस्कृतिक परिवर्तनसँगै भाषा संस्कार संस्कृति संरक्षणको लागि समेत समिति सक्रिय रहने नव निर्वाचित सचिव इङनामले बताए ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...