सेन्मिखाको पहिलो गीत ‘हिमालै चुली’ भिडियो सहित सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । हेर्ने कथाबाट दर्शक स्रोता सबैको प्रिय बनेका सेन्मिखा राईको आवाजमा पहिलो गीत ‘हिमालै चुली’ सार्वजनिक गरिएको छ ।

गीतकार कृष्ण बहादुर राईको रचना साथै गायक तथा संगीतकार जितेन बान्तावा राईको संगीतमा सजिएको मौलिक पुर्वेली भाकामा सजिएको मनछुने गीत ‘हिमालै चुली’ जितेन बान्तावा राई अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

जितेन बान्तावा राईको निर्देशनमा सेन्मिखा राईको दैनिक दिनचर्यालाई यथार्थपरक प्रस्तुत गरिएको पूर्वेली गीतकाे याे भिडियोलाइ हेर्न लायककाे भएकाे निर्देशक राइले बताए । स्टार व्यूटि होमको मेकअप रहेको याे भिडियाेकाे छायाँकन तथा सम्पादन भने इसाक जवेगुले गरेका हुन् ।

राजु कर्कीको संगीत संयोजन रहेको गीतलाई लिम्दुमी क्रिएशन स्टुडियोमा रेकर्ड गरिएको छ भने गीत तथा भिडियोलाई अमला देवि राईले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...