प्रचण्डद्वारा पुष ११ मा राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३०साउन । नेकपा माओवादी केन्द्रको आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ देखि १३ गतेसम्ममा पार्टीको राष्ट्रिय सम्मेलन गर्न अध्यक्ष प्रचण्डको प्रस्ताव रहेको छ ।

शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं सांगठानिक प्रतिवेदन पेस गर्दै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव सहित प्रतिवेदन पेस गरेका हुन् ।

प्रचण्डको प्रस्ताव अनुसार यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख गरेको छ । त्यस्तै असोजमा टोलदेखि वडा हुँदै पालिका सम्मेलनहरु गरिसक्ने र कात्र्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव रहेको छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्ताव अनुसार सम्मेलनको कार्यसूची यस्तो छः–

  • भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरिसक्ने ।
  • असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने ।
  • असोज २० गते वडा सम्मेलन गर्ने ।
  • असोज ३० गते गाउँ र नगर÷उप÷ महानगरपालिको सम्मेलन गर्ने ।
  • कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने ।
  • मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने ।
  • अन्तिममा पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;