प्रचण्डद्वारा पुष ११ मा राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३०साउन । नेकपा माओवादी केन्द्रको आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ देखि १३ गतेसम्ममा पार्टीको राष्ट्रिय सम्मेलन गर्न अध्यक्ष प्रचण्डको प्रस्ताव रहेको छ ।

शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं सांगठानिक प्रतिवेदन पेस गर्दै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव सहित प्रतिवेदन पेस गरेका हुन् ।

प्रचण्डको प्रस्ताव अनुसार यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख गरेको छ । त्यस्तै असोजमा टोलदेखि वडा हुँदै पालिका सम्मेलनहरु गरिसक्ने र कात्र्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव रहेको छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्ताव अनुसार सम्मेलनको कार्यसूची यस्तो छः–

  • भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरिसक्ने ।
  • असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने ।
  • असोज २० गते वडा सम्मेलन गर्ने ।
  • असोज ३० गते गाउँ र नगर÷उप÷ महानगरपालिको सम्मेलन गर्ने ।
  • कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने ।
  • मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने ।
  • अन्तिममा पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...