दमक नगरपालिकाद्वारा गठबन्धनले उठाएको माग सोम्बधन गर्ने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       

दमक, ३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार नगरपालिकाले कांग्रेससहितका पाँच दलीय गठबन्धनका स्थानीय नेतृत्वसंग अन्तरकृया गरि दलहरुले उठाएका मागको बारेमा सम्बोधन गर्न लिखित प्रतिवद्धता जनाएका हुन् ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान मञ्च,नेपाल, नेकपा माले लगायतका दलहरुले नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका मुख्य सरोकारका विषयमा १० वुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा कोभिड रोकथाम, स्वास्थ्य बिमामा मार्फत नागरिकलाई उपचारमा सहजता, विद्यालय व्यवस्थापन गठन प्रकृया, विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्व कायम गर्ने लगायतका विषयलाई मुद्दाको रुपमा उठाएको थियो ।

दमक अस्पतालमा उपचारका लागि आउने नागरिकको भीडका कारण कोभिड लगायतका अन्य संक्रमणको जोखिम निम्त्याएको भन्दै आलोचना जनस्तरबाट जुनासो हँुदैआएको हुँदा विरामीलाई सहज स्थानबाट सुविधा पाउने पर्ने गठबन्धनले माग राखेको छ ।

यसैगरि लामोसमयदेखि काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति गठन प्रकृया अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गर्नु पर्ने गठबन्धनको मागलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता नगरे गरेको बताइएको छ । नगरपालिकामा प्रतिनिधित्व नभएका कांग्रेससहितका ती दलहरुले जनप्रतिनिधिको नेतृत्वमा काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति विरुद्ध लामोसमयदेखि आन्दोलित हुँदैआएको थियो । विद्यालय खुल्न त्यस्तो विद्यालय व्यवस्थापन समिति गठन गर्ने सहमति भएको उल्लेख छ ।

विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्वलाई समावेश गर्न माग गरेकोमा नगरपालिका सकारात्मक देखिएको दलीय गठबन्धनका एक नेताले बताएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...