दमक नगरपालिकाद्वारा गठबन्धनले उठाएको माग सोम्बधन गर्ने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       

दमक, ३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार नगरपालिकाले कांग्रेससहितका पाँच दलीय गठबन्धनका स्थानीय नेतृत्वसंग अन्तरकृया गरि दलहरुले उठाएका मागको बारेमा सम्बोधन गर्न लिखित प्रतिवद्धता जनाएका हुन् ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान मञ्च,नेपाल, नेकपा माले लगायतका दलहरुले नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका मुख्य सरोकारका विषयमा १० वुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा कोभिड रोकथाम, स्वास्थ्य बिमामा मार्फत नागरिकलाई उपचारमा सहजता, विद्यालय व्यवस्थापन गठन प्रकृया, विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्व कायम गर्ने लगायतका विषयलाई मुद्दाको रुपमा उठाएको थियो ।

दमक अस्पतालमा उपचारका लागि आउने नागरिकको भीडका कारण कोभिड लगायतका अन्य संक्रमणको जोखिम निम्त्याएको भन्दै आलोचना जनस्तरबाट जुनासो हँुदैआएको हुँदा विरामीलाई सहज स्थानबाट सुविधा पाउने पर्ने गठबन्धनले माग राखेको छ ।

यसैगरि लामोसमयदेखि काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति गठन प्रकृया अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गर्नु पर्ने गठबन्धनको मागलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता नगरे गरेको बताइएको छ । नगरपालिकामा प्रतिनिधित्व नभएका कांग्रेससहितका ती दलहरुले जनप्रतिनिधिको नेतृत्वमा काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति विरुद्ध लामोसमयदेखि आन्दोलित हुँदैआएको थियो । विद्यालय खुल्न त्यस्तो विद्यालय व्यवस्थापन समिति गठन गर्ने सहमति भएको उल्लेख छ ।

विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्वलाई समावेश गर्न माग गरेकोमा नगरपालिका सकारात्मक देखिएको दलीय गठबन्धनका एक नेताले बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...