पाँच उत्कृष्ट लिम्बु कथा(खेदा)हरुले जिते पुरस्कार

 लिम्बुवान न्युज
                       

ललितपुर। ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’बाट उत्कृष्ट पाँच लिम्बू कथा (खेदा)हरुले पुरस्कार जितेका छन् ।

शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो ।

चोक सयङको आयोजनामा आयोजित उक्त कथा प्रतियोगितामा १३ कथाहरूमध्ये पाँच कथाहरुलाइ उत्कृष्ट कथाको रुपमा छानिएको थियो ।

कथाकारहरु मलिसा याक्थुङ्बाको “सिङ्ठुटा”, प्रेम ओझाको “मनहाङमा”, छत्रमान सुब्बाको “मानगेन्ना”, जानू काम्बाङको “एक आदिम घरको कथा” र सेसेहाङ फियाकको “पिफ्युङ” ले पुरस्कार हात पारेका थिए ।

प्रतियोगिताद्वारा छानिएका कथाहरु ’लिम्बू स्टोरी बैंक’ मा जम्मा गरि उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्ने अध्यक्ष सुर्यप्रकाश चेम्जोङले बताए । ११औँ स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत सुनुवार, लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ, फक्ताङ्लुङ सयका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे र पान्थर काठमाडौ कलाकार मञ्चका महासचिव दिनेश लिङ्देन लगायतले शुभकामना राखेका थिए ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...