इन्ट्रयाक्ट क्लव अफ पिस जोनले मनायो आठौं स्थापना समारोह

 लिम्बुवान न्युज
                       

धरान विजयपुर। इन्ट्रयाक्ट क्लब अफ पिस जोनले आफ्नो आठौं चाटर्ड स्थापना समारोह मनाएको छ । शनिबार पिस जोनले धरानमा कोभिड १९ को बिच ८औं समारोह कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड–१९ कोरोना भाईरसले थिलथिल पारेको अवस्थामा पनि क्लबले आफ्नो क्लवका सदस्यहरु र केही आमन्त्रितहरूको उपस्थितिका कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा आठौं स्थापना समारोहको आदनप्रदान तथा पाहुनाहरुलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

यस क्लवको स्थापना समारोहमा चिफगेस्टको रूपमा रोटरियन जगदिश प्रसाद ओली रहेको थिए । त्यसैगरी गेस्ट अफ अनरको रूपमा रोटरी क्लब अफ इटहरीका २१–२२ का अध्यक्ष सविना शोभा कोइराला तथा जोनल इन्टर्याक्ट प्रतिनिधि इन्टर्याक्टर खुशी श्रेष्ठको उपस्थिति रहेको थियो ।

क्लवको स्थापना समारोहमा स्पेसल गेस्टको रूपमा पिस जोन स्कुलका प्रिन्सिपल रोतरियन केशव प्रसाद भट्टराई र नन्द टेलरका प्रोपाइटर भूपेन्द्र श्रेष्ठ रहेका थिए । साथै कार्यक्रम सञ्चालन भने विजेतन विष्ट र रिसिका अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...