१ नंं. प्रदेशमा थपिए ६६० जना कोरोना सङ्क्रमित, १५ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, ३१ साउन । वितेको २४ घण्टामा १ नं. प्रदेशमा ६६० जनामा कोरोना सङ्क्रमण भएका छन् । १ हजार ९८ जनाको पीसीआर परीक्षणबाट ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणबाट २६७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका तथ्याङक मन्त्रालयले जारी गरेको छ ।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;