माननीय रेशम चौधरी लगायत राजबन्दीहरुको रिहाईको माग गर्दै मोर्चाले ३ दिन थारु प्रदर्शन गर्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार मोर्चाले विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गरेको हो ।

सबै जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनालाई राजनीतिक तवरले समाधान नगरी आपराधिक करार गरेर निर्दोश थारुहरुलाई अपराधी ठहराउन नमिल्ने मोर्चाको ठहर छ ।

टिकापुरमा थारुहट प्रदेश माग राख्दै ३० हजार जनमासको विशाल आमसभामा षडयन्त्रपूर्ण ढंगबाट सभालाई विथोल्दै मोर्चाको कार्यक्रमलाई विथोल्ने तत्वहरुको उचित छानविन गर्न मोर्चाले सरकारसँग माग गरेको छ । टीकापुर विद्रोहलाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने मोर्चाको माग छ । लोकतान्त्रिक मुल्य र मान्यतालाई पालना गर्दै आफ्नो पहिचानको लागि प्रदेशको नामाकरण थरुहट भनेर राख्न गरिएको जनसभामा घुसपैठ गरी थारु आन्दोलनलाई निस्तेज गर्ने षडयन्त्र गर्दै निर्दोस नागरिक हत्या गरी थारुहरुलाई हत्यारा दर्ज गर्ने प्रपञ्चकारीहरुलाई राज्यले शरण दिएको थारु अगुवाहरुको निश्कर्ष रहेको छ ।

मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘टीकापुर जनविद्रोह केवल टीकापुर र थारुहरुको मात्र विद्रोह नभई सबै किसिमको शोषण, उत्पीडित र समानताको माग यस जोडिएको हुँदा राज्य पुनर्संरचना र संघीय सीमांकनको अपुरो कार्यलाई पूर्णता दिने पेचिलो राजनीतिक मुद्दा हो । त्यसैले टीकापुर घटनाका राजबन्दीहरु सिंगो देशलाई लोकतान्त्रीकरण गर्ने कार्यभार बोकेका आस्थाका बन्दीहरु हुन् ।’’

थारु विद्रोहका क्रममा पक्राउ परेका माननीय रेशम चौधरी लगायत राजबन्दीको रिहाइ लगायतका माग राख्दै मोर्चाले मंगलबारदेखि तीन दिनसम्म काठमाडौंको माइतीघरमा ‘थारु प्रदर्शन’ गर्ने विज्ञप्तिमा जनाएको छ ।

बिज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;