लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘सरलाई सर बोलको गीत युट्युवमा सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ, ३० साउन । लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘सरलाइ सर’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘याक्थुङ फिल्म्स’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा मोनी ताम्लिङ र इन्दु फोम्बोको स्वर रहेको छ ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन् भने लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक तथा नृत्यु निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी सह-निर्माताहरूमा नन्दुभाइ मेन्याङबाे, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् ।

चलचित्रको छायाङ्कन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङकाे छ भने नृत्य बरदान संगीतालयको रहेको छ । त्यसैगरी सुनिता थेगिम, सुजन आङ्देम्बेले पनि गीतमा साथ दिएका छन् । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी ब्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।

भिडियो तल हेर्नुहोस –

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...