पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, १ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । सोमबार महासंघको कार्यालयमा एक कार्यक्रमका बीच महासंघको गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको हो ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने (विमल)ले इ–बुलेटिनको विमोचन गरेका हुन् ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।

महासंघले बैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासंघको वर्तमान नेतृत्वले ०७८ बैशाख ६ गते पदभार ग्रहण गरेपछि महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा महासंघ १ नं. प्रदेश समितिका काेषाध्यक्ष विमल लामिछाने, सदस्य लीलाराज झापाली, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले कोरोना महामारीका कारण धरासायी बनेको सञ्चार क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने औल्याएका थिए ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;