नेपालसहित १४ सांसदमाथि कारबाहीको माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल कम्यूनिस्ट पार्टी (एमाले)ले बरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको जनाएको छ । मंगलबार एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको हो ।

एमालेबाट कारवाही गरिएका सांसदहरुमा बरिष्ठ नेता नेपाल सहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।

एमाले केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधिसभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएको बताएको छ ।

संसद सचिवालयमा एमालेले बुझाएको पत्रको व्यहोरा यस्तो छ:

श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।

विषयः–दल त्याग गरेको सूचना सम्बन्धमा

यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।

यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।

तपसिल:

  • माधवकुमार नेपाल
  • जीवनराम श्रेष्ठ
  • मुकुन्द न्यौपाने
  • रामकुमारी झाँक्री
  • कल्याणीकुमारी खड्का
  • लक्ष्मी चौधरी
  • निरुदेवी जैरु
  • पुष्पाकुमारी कर्ण
  • सरलाकुमारी यादव
  • कलिला खातुन
  • विरोध खतिवडा
  • कृष्णलाल महर्जन
  • भवानी खापुङ
  • मेटमणि चौधरी

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...