जसपाको १८ केन्द्रीय सदस्यहरुले गरे पार्टी परित्याग गरेको घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादव समूह परित्याग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रिय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिले प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत नेताहरुले लगाएका छन् ।

पार्टी परित्याग गर्नेहरुमा केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेत, पदम अधिकारी, गोविन्दमान सिंह कार्की, मुकुन्द नेम्बाङ्, देवी सुवेदी, दिबी नेपाली, हिरालाल भुजेल, प्रेमसिंह थाम्सुहाङ, महेन्द्र मगर, कमला गुरुङ्, बुद्धराज स्याङतन, मिङमार लामा, केशव दाहाल, सुरेश भट्टराई, विष्णु पौडेल, उत्तम अधिकारी, मान बहादुर धामी, चुणामनी रेग्मी त्यसैगरी ललितपुर अध्यक्ष सनोज महत र सिन्धुपाल्चोक अध्यक्ष सञ्चवीर तामाङ्ले रिपोर्टस क्लबमा प्रेसमिट गर्दै पार्टी परित्याग गरेका हुन् ।

नेता बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि पनि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रुपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको उनले आरोप लगाए ।

केन्द्रीय सदस्य उत्तम अधिकारीले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि बैचारिक दृष्टिकोण सहित बैकल्पिक संगठनात्मक संरचना र प्रणाली एवं कार्यदिशा र कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै राजनीतिक संवाद थालनी गर्ने बताए ।

विज्ञप्ति हेर्नुहोसः

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...