जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग

 लिम्बुवान न्युज
                       

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भूषालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए ।

कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले गरेको कार्यको प्रशंसा गरेका थिए ।

अपाङ्गता भएका १४ जना महिलालाई खाद्यन्न सामाग्रीसहित सेनेटरी प्याड, सेनिटनइजर, मास्कसमेत प्रदान गरिएको थियो ।

सरकारले जारी गरेको लकडाउनको समयमा खाद्यन्नको अभावमा कष्टकर जीवन गुजारा गर्दै आएका उनीहरुले खाद्यन्न सामाग्री पाउँदा खुसी अनुभव गरेका थिए । जन्मदिनमा नाममा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेण्ट प्रशान्त भण्डारीले गरेका थिए ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...