प्रेस युनियन झापाद्वारा रमादेवी–टंकप्रसाद पाठक स्मृति पुरस्कार स्थापना

,   लिम्बुवान न्युज
                       

विर्तामोड, २ भदौ । नेपाल प्रेस युनियन झापा शाखाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापा विर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उनका छोरी–ज्वाई टीकादेवी–कृष्णप्रसाद संग्रौलाले पुरस्कार स्थापनाका लागि एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

पाठक दम्पतीका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठकले यस अघि नै एकलाखको अक्षयकोष स्थापना गरेका थिए । विर्तामोडमा आयोजित एक समारोहका बीच अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

दाता कृष्णप्रसाद संग्रौलाले आफ्ना सासु–ससुरासँग जीवनभर अत्यन्तै नजिक रहेको स्मरण गर्दै हरेक सामाजिक तथा पारिवारिक काममा सहकार्य हुनेगरेको बताए । सादा जीवन र उच्च विचार राख्ने उहाँहरुको जीवन अत्यन्तै सरल र अनुकरणीय रहेको सम्झदै उनले दिवंगत आत्माको चिर शान्तिको कामना गरे।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भटराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नेपाल प्रेस युनियनकी झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश भटराईले गरेका थिए भने कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा महिला उपाध्यक्ष सुशिला संग्रौला, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष शेखर सेढाई, पत्रकारहरु लक्ष्मी लुइटेल, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो ।

अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिने प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भटराईले जानकारी दिए । अक्षयकोष सञ्चालन कार्यविधि तयार भइसकेको र सोही कार्यविधि अनुसार पुरस्कार छनौट समितिले प्रतिभा छनौट गर्ने एवं प्रत्येक बर्ष प्रेस युनियनको स्थापना दिवसको सन्दर्भ पारेर उक्त पुरस्कार प्रदान गरिने युनियनका सचिव डिल्लीराम घोर्साईले बताएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;