दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा मञ्चका महासचिव तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यता रहेको थियो भने उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीको विशेष आतिथ्यता रहेको थियो ।

देशमा ठूला राजनीतिक दलहरु बिच भईरहेको एकअर्का प्रति आरोप प्रत्यारोपले बर्षौ देखि पार्टीमा लागेता पनि परिवर्तनको कुनै नयाँ सन्देश दिन नसकेको हुँदा २०४७ साल देखि नेकपा एमाले पिएम बनेको दमक १ का विन्द्र राईले पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेको बताए । त्यसैगरी जसपा पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गरेको दमक ७ का रविन राईले नेताहरुको आपसी झगडाले पहिचानको मुद्दा ओझेल पारेको आरोप लगाएका छन् ।

कार्यक्रममा दमक ७ बाट राईसँगै अमरमाया लिम्बु, पवित्रा राना मगर, मिनकुमारी तामाङ, यामकुमारी लिम्बु, लोक बहादुर मगर, रोशन सुन्दास, पदम वेघा, विक्रम लिम्बु रहेका छन् भने दमक १ बाट राईसँगै उत्तर कुमार लिम्बु, भुपेन्द्र बेघा लिम्बु, सविन लिम्बु कुरुम्बाङ् रहेका छन् । त्यसैगरी दमक ६ बाट मनोज राई, ५ बाट अविना राई र शुक्र बहादुर बेघा, त्यसैगरी कमलबाट हिमाल लिम्बु, गौरादह १ बाट दिपक श्रेष्ठ र इलामका सन्यास कुमालले पनि विभिन्न पार्टी परित्याग गरी लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै महासचिव लावतीले नवप्रवेशी सम्पूर्णलाई मञ्चमा स्वागत गर्न पाउँदा खुशी लागको बताउँदै वर्तमान राष्ट्रिय राजनीतिले देशमा अर्को जनआन्दोलन समेत हुन सक्ने बताउँदै देशको एकमात्र वैकल्पिक पार्टीको रुपमा स्थापित भएको मञ्चले मात्र यो देशलाई संघीय राज्यको रुपमा उभ्याउन सक्ने बताए । उनले भने –‘अहिले मञ्चमा युवाहरुको आकर्षण दिनानुदिन हुँदै गएको छ ।’

अर्का वक्ता उपमहासचिव तथा संचार प्रमुख लावतीले १६ बर्ष अघि जन्मिएको संघीय मञ्चले अब देशका साच्चिकै नयाँ राजनीतिक डिस्कोर्श दिने भन्दै अब पुरानो विचारले देश समृद्धि तर्फ नजाने बरु एकात्मक राज्य सत्ताको रवैयाका कारण मूलकमा स्थायी शान्ति नहुने धारणा राखेका थिए । लिम्बुवान सहितको १०+१ प्रान्तीय मञ्चको अवधारणाले मात्र नेपालमा संघीयताले पूर्णता पाउने भन्दै संविधान संसोधन गरि ७ प्रदेशबाट १०+१ प्रान्त बनाउनु पर्ने उपमहासचिव लावतीले जिकीर गरे ।

यसैगरी कार्यक्रममा प्रान्तीय सदस्य टंक माङ्लाक, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे, उपकमाण्डरह गणेश मिभक र विजय मगरको समेत उपस्थिति रहेको थियो । कार्यक्रम मञ्चका का.बा. अध्यक्ष सन्त चेम्जोङ्को सभाध्यक्षतामा भएको थियो । त्यसैगरी नगर सचिव मनु साम्पाङ्को संचालन रहेको कार्यक्रममा नगर सचिवालय सदस्य सीता केरुङ्ले स्वागत मन्तव्य राखेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...