अफगानिस्तानका राष्ट्रपति युएईको शरणमा

,   लिम्बुवान न्युज
                       

काठमाडौं, ३ भदौं । अफगानिस्तान विद्रोही तालिबानले कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् ।

युएईका परराष्ट्र मन्त्रालयले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको जनाएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकुहरु प्रवेश गरे पश्चत घानीले आइतबार देश छाडेका थिए । शुरुमा घानी देश छोडेर ताजिकिस्तान भागेको समाचार सार्वजनिक भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ७२ वर्षीय राष्ट्रपति घानीले आफू छिट्टै अफगानिस्तान फर्किने त्यसको लागि छलफल भइरहेको जनाएका छन् ।

राष्ट्रपति घानीले ठूलो रकम लिएर देश छोडेको भन्ने समचारको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको प्रष्टाएका छन् । ताजकिस्तानका लागि अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब करोडौं डलर रकम पनि सँगै लिएर गएको दाबी गरेका थिए ।

भारतीय मिडियाहरुले पनि बोराका बोरा रकम लगेको र नअट्ने भएपछि केही रकम निवासमै छाडेको समाचार लेखेका थिए । तर यो समाचारको कुनै पुष्टि भएको छैन ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;