धरानमा पुन लकडाउन हुने

 लिम्बुवान न्युज
                       

धरान विजयपुर, ३ भदौं। धरान उपमहानगरपालिकाले भदौं ४ देखि १३ गते मध्यराती १२ बजेसम्म लकडाउन गरेको छ । उपमहानगरमा बसेको कार्यपालिका बैठकले १० दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख तिलक राईका अनुसार यसपटक निकै कडा लकडाउन गरिने बताएका छन् । धरानमा कोरोना भाइरस संक्रमितको संख्या तिब्र वृद्धि हुनथालेपछि लकडाउन कडा गरिने भएको प्रमुख राईले बताए ।

प्रमुख राईले इलाका प्रहरी कार्यालय धरानसँग लकडाउन बारे जानकारी गरिएको बताए । साथै उनले सबै वडाका जनप्रतिनिधिहरुलाई पनि आ–आफ्नो वार्डहरुमा परिचालित हुन निर्देशन दिएका छन् ।

वार्डहरूमा संकास्पद विरामीहरू पाइएमा सबैको स्वाव संकलन गरी पिसिआर टेष्ट गर्ने पनि प्रमुख राईले बताए । पिसिआर टेष्ट गरि कोरोना पोजेटिभ आएमा आइसोलेसनमा राख्ने र थप उपचारको लागि विपि प्रतिष्ठानमा समन्वय गरिने प्रमुख राईले बताए ।

लकडाउन अवधि भर सबै कार्यालयहरु, बजार, पसल, यातायातका साधनहरु, उधोग, कलकारखाना, विद्यालय र सर्वसाधरणलाई आवातजावातमा पुर्ण रूपमा बन्द गर्ने जनाएको छ । साथै औषधी पसल, मेडिकलहरू पुर्णरूपमा खुल्ने जनाएको छ । र विरामीलाई आवस्यक पर्ने भएकोले दूधलाई पनि आफ्नो पसलको अगाडि डेरीमा राखेर बेच्न दिने भएको छ। हरियो सागपात, फलफुलहरू भने पुर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...