दमकलाई उपमहानगरपालिका बनाउन मन्त्रालयलाई पत्राचार

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक नगरपालिका र कमल गाउँपालिका मिलाएर उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको छ । दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्दै उपमहानगरपालिकाका लागि प्रस्ताव पेश गरेको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिगतदेखि नै उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उल्लेख गरे । स्थानीय निर्वाचन अगाडी नै दुबै स्थानीय तहलाई मिलाएर उपमहानगर बनाउने प्रस्ताव गरेका छौ, उनले भने, त्यसका लागि थप मन्त्रालयले अध्ययन गर्ने नै छ ।

उनका अनुसार दुबै स्थानीय तह मिल्दा उपमहानगर बनाउनका लागि जनसंख्या पूर्वाधार पर्याप्त रहेको छ । दमक नगरपालिकाको साउन २८ गते बसेको कार्यापालिका बैठकले उपमहानगरपालिका बनाउनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

२०७५ सालमा दमक नगरपालिकाको जनसंख्या ८६ हजार ९ सय १० रहेको र आन्तरिक आय अघिल्लो आर्थिक बर्षमा १२ करोड बढी रहेकाले दाबी गरिएको हो ।

यता कमल गाउँपालिकाले भने उपमहानगरपालिकाको लागि आधिकारिक धारणा सार्वजानिक गरिसकेको छैन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...