४० बर्ष माथिकालाई आजबाट कोरोना खोप शुरुः विद्यार्थीहरुले पनि पाए कोरोना खोप

,   लिम्बुवान न्युज
                       

फाइल तस्वीर

लिम्बुवानखबर, ४ भदौं । ४० बर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । त्यसैगरी प्लस टुका विद्यार्थीलाई पनि खोप आजबाट दिन शुरु गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो ।

काठमाडौंका खोप केन्द्रहरुमा आजबाट खोप कार्यक्रम शुरु भएको हो । काठमाडौंमा यो खोप लगाउने अभियान भदौ ४ देखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागका अनुसार काठमाडौंको सबै वडाहरुबाट ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने कागजात अनिवार्य ल्याउन भनिएको छ ।

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई खोप लगाइने जनाइएको छ ।

विद्यार्थीको हकमा भने खोप लगाउन आउँदा परीक्षाको प्रवेशपत्र अनिवार्य देखाउनु पर्नेछ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;