महन्थ पक्षको पार्टीको नाम निर्वाचन आयोगमा गरियो परिवर्तन, बरिष्ठ नेतामा थपिए भण्डारी

 लिम्बुवान न्युज
                       

काठमाडौं, ४ भदौं। महन्थ ठाकुर पक्षको पार्टीको नाम परिर्वतन भएको छ । पार्टीको नाम परिवर्तन गरि लोकतान्त्रिक समाजवादी पार्टी राखि निर्वाचन आयोगमा पठाइएको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि शुक्रबार ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतको गत २३ फागुनको फैसलालाई मध्यनजर गर्दै मुल पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने निर्वाचन आयोगका अधिकारीहरुले बताए पछि नाम परिवर्तन गरि निर्वाचन आयोगमा नाम परिवर्तन गरी पठाइएको जसपा महन्थ पक्षले बताएको छ ।

साथै निर्वाचन आयोगमा कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय समिति बनाइएको जानकारी पनि दिईएको एक नेताले बताए । यसैगरी शरतसिंह भण्डारीलाई वरिष्ठ नेता बनाइएको छ । यसअघि आयोगमा नाम दर्ता गर्दा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;