अब पार्टी पुनर्गठनको विकल्प छैन: पूर्व प्रधानमन्त्री खनाल

 लिम्बुवान न्युज
                       

इलाम, ४ भदौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादको बाटोमा हिँडेकाले अब कम्युनिष्ट पार्टी पुर्नगठनको विकल्प नरहेको बताएका छन् । नेता खनालले बरिष्ठ नेता नेपालले पुनर्गठन गरेको नेकपा एकीकृत (समाजवादी) पार्टीमा आवद्ध भएर पार्टी पुनर्गठनमा लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान गरका छन् ।

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराईरहेका नेता खनालले इलामे संचारकर्मीहरुसँगको अनलाइन संवादमा अलमलमा रहेका नेताहरुलाई पार्टी पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडेर नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईबाट अगाडि बढाउन आह्वान गरे ।

‘एमालेमा रहेका र तेस्रो धार बनाउन खोजेका सबै नेताहरुलाई बिना हिचकिचाहट क्रान्तिकारी, माक्सवादी, लेनिवादी कार्यदीशा र नीतिका आधारमा पार्टी पुनर्गठनको काममा लाग्न आह्वान गर्दछु’ खनालले भने, ‘सबैलाई एकताबद्ध गर्ने कामको जिम्मा पुनर्गठित पार्टीको रहनेछ ।’

नेता खनालले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको दक्षिणपन्थी अवसरवादका कारण कम्युनिष्ट आन्दोलन क्षतविक्षत भएको आरोप लगाए । ‘हामीले संविधान सभाबाट त्यति राम्रो संविधान बनायौं । केपी ओलीले च्यातचुत पारे । दुई तिहाई नजिकको बहुमत ल्यायौं त्यसलाई पनि सिध्याउने काम गरे । पार्टीका नेताहरुलाई कारवाही र अन्याय गर्ने काम नेतृत्वबाट भइरहयो’ खनालले भने, ‘त्यसैले यस्ता दक्षिणपन्थी बाटो त्यागरे पार्टी पुनर्गठनको क्रान्तिकारी पहलकदी लिन र पुनर्गठनतर्फ दृढतापूर्वक एकीकृत पार्टी निमार्णमा लाग्न अलमलमा रहेका सबैलाई आग्रह गर्दछु ।’

उनले पार्टी पुनर्गठनको बाटोमा अगाडि बढ्न वित्तिकै नयाँ अवसरको बाटो खुल्ने र फेरि नेपाली कम्युनिष्ट एकता हुने विश्वास व्यक्त गरे । नेता खनाले आफूसहित ८ जनाले २०३२ सालमा पार्टी पुनर्गठन गरेको स्मरण गर्दै नेतृत्वमा आएपछि ओलीले अख्तियार गरेको दक्षिणपन्थी अवसरवादका कारण अहिलेको स्थिती सिर्जना भएको बताए ।

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराईरहेका नेता खनालले आफ्नो मिर्गाला प्रत्यारोपण सफल भएको र करिब अबको १२ दिनभित्रमा नेपाल फर्किने पनि बताए ।

खनाललाई नेकपा एमालेको फुटपछि पुनृगठित नेकपा एकीकृत (समाजवादी) पार्टीको वरिष्ठ नेता प्रस्ताव गरिएको छ । खनाल नेकपा एमालेको महासचिव र अध्यक्ष समेत भइसकेका प्रभावशाली नेता हुन् । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

खनाल पक्षमा रहेका जिल्लाका कतिपय नेता कार्यकर्ताले उनको भूमिकापछि मात्र सार्वजनिक हुने बताउँदै आएका छन् । यसअघि नै पार्टीभित्र समानान्तर गतिविधि सुरु गरेको असन्तुष्ट पक्षका कतिपय नेता कार्यकर्ता कतै खुलेका छैनन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;