युट्युबरसहित ६ जना बिरुद्ध प्रहरीमा उजुरी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ । पीडितले भिडियो खिचेर युट्युबमा प्रसारण गरिदिने युट्युबरसहित ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गरेका हुन् ।

होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, युट्युवर खगेन्द्र घिमिरे, भाष्कर श्रेष्ठ, सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

पीडितले कानुन बमोजिम काबाहीको माग गर्दै उजुरी दर्ता गराइएको प्रहरीको भनाई छ । गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलको कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर सार्वजनिक गरिएको थियो । सो कार्यको सामाजिक संजाल लगायतमा चौतर्फी विरोध भएको छ ।

सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ । अभद्र व्यवहार सम्बन्धी उजुरी परेकोे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...