विर्तामोडमा ब्राउन सुगर सहित दुई जना पक्राउ

 लिम्बुवान न्युज
                       

विर्तामोड, ५ भदौं। झापाको बिर्तामोड ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएका प्रहरी टोलीद्वारा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।

शुक्रबार बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी उनीहरु उपर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...