इलामको सबैभन्दा बढि फाकफोकथुम र कम माङसेबुङ गाउँपालिकामा बेरुजु

,   लिम्बुवान न्युज
                       

इलाम । इलामका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोकथुमको आर्थिक वर्ष २०७६।०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले फाकफोकथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैयाँ बेरुजु देखाएको हो ।

त्यसैगरी दोश्रोमा सूर्योदय नगरपालिकामा देखिएको छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको लेखापरिक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ अर्थात २ दशमलव ६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

सदरमुकामस्थित इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ अर्थात २ दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरिक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ अर्थात ३ दशमलव ९८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु देखिएको छ । देउमाईमा २ दशमलव ८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैया अर्थात ३ दशमलव १३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाको लेखा परिक्षणमा २ करोड ५० लाख २२ हजार रुपैयाँ अर्थात् २ दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २ दशमलव ७५ प्रतिशत बेरुजु भेटिएको हो ।

चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको परिक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ अर्थात २ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । लेखा परिक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ अर्थात् २ दशमलव ०९ प्रतिश बेरुजु देखिएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;