इलामको सबैभन्दा बढि फाकफोकथुम र कम माङसेबुङ गाउँपालिकामा बेरुजु

 लिम्बुवान न्युज
                       

इलाम । इलामका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोकथुमको आर्थिक वर्ष २०७६।०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले फाकफोकथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैयाँ बेरुजु देखाएको हो ।

त्यसैगरी दोश्रोमा सूर्योदय नगरपालिकामा देखिएको छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको लेखापरिक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ अर्थात २ दशमलव ६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

सदरमुकामस्थित इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ अर्थात २ दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरिक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ अर्थात ३ दशमलव ९८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु देखिएको छ । देउमाईमा २ दशमलव ८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैया अर्थात ३ दशमलव १३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाको लेखा परिक्षणमा २ करोड ५० लाख २२ हजार रुपैयाँ अर्थात् २ दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २ दशमलव ७५ प्रतिशत बेरुजु भेटिएको हो ।

चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको परिक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ अर्थात २ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । लेखा परिक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ अर्थात् २ दशमलव ०९ प्रतिश बेरुजु देखिएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...