झापामा लिम्बुवान मञ्चले क्रियासिल फाराम वितरण आजबाट गर्‍यो शुरु

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ५ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले शनिबारबाट क्रियासिल फाराम वितरण शुरु गरेको छ । शनिबार झापाको शिवसताक्षी दुधेमा एक कार्यक्रम गर्दै क्रियासिल सदस्यता फाराम वितरण गर्न शुरु गरेको हो ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु, प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिवहरु दिल कुमार लावती, भानु भट्टराई, प्रान्तीय सचिव विष्णु भट्टराई, सचिवलाय सदस्यहरु भक्त मेन्याङबो, बलनाथ नाल्बो, भिम सुनुवार लगायत नेताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।

क्रियासिल फाराम वितरण कार्यक्रममा तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका १५ वटै स्थानीय पालिकाका अध्यक्षहरुको उपस्थितिमा सबै पालिकाहरुलाई क्रियासिल फाराम वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष इम्बुङले जिल्लामा सबै स्थानीय तहका नेताहरुले तिब्र रुपमा पार्टीको क्रियासिल कार्ड वितरण गर्न आग्रह गरेका छन् । उनले यतिबेला देशमा राजनीतिक उथपुथल भईरहेको ठूला पार्टीहरु फुट्नेक्रममा रहेको हुँदा अब सबै नेताज्यूहरुलाई सक्रिय भईदिन अपिल गरेका छन् ।

त्यसैगरी झापामा सबै पालिकाहरुबाट कम्तिमा १५ हजार क्रियासिल सदस्य बनाउने लक्ष्यका साथ काम अघि बढेको उपमहासचिव तथा जिल्ला इन्चार्ज भट्टराईले बताएका छन् ।

कार्यक्रम जिल्ला अध्यक्ष धनबहादुर पन्धाकको सभाध्यक्षतामा भएको थियो भने संचालन जिल्ला सचिव राज आङ्थुपो र स्वागत मन्तव्य शिवसताक्षी नगरका अध्यक्ष प्रकाश लिङ्देनले गरेका थिए ।

कार्यक्रममा लिम्बुुवान भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डरहरु, जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु, क्षेत्र, नगरका नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;