आज थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी घर–घरमा मनाइँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी पर्व आज धुमधाम मनाईदैछ । थारुहरुले हरेक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि यो पर्व सुरु गरी महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने परम्परा रहेको छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

यो पर्वमा घरमै बसी दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खानेका खाने गर्दछन् । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने थारु जातिहरुको सांस्कृतिक परम्परा रहेको छ ।

रैब पर्वका दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने सांस्कृतिक मान्यता रहिआएको थारुहरु बताउँछन् । यो पर्वमा एकाविहानै नजिकैको इना, तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई फलफूल लगायतका परिकारहरु चढाई सकेपछि त्यसलाई प्रसादको रुपमा खाने परम्परा छ । तर गत बर्षझै यो वर्ष पनि कोरोना महामारीका कारण आ–आफ्नै घरमा बसेर थारुहरुले आफ्नो पर्व मनाइँदैछन् ।

थारु जातिको धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सु–स्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य बालीनालीमा रोगब्याथी नलागोस्, बाली उत्पादनमा वृद्धि होस्, समयमै बर्षा होस भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको किंवदन्ती रहेको छ ।

यस्तैगरी केही थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर पनि मनाउने गर्छन् । यो प्रत्येक बर्ष भदौ महीनाका हरेक आइतबारहरुमा अगल–अलग गाउँहरुले आफ्नो अनुकुल पारी आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...