आज थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी घर–घरमा मनाइँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी पर्व आज धुमधाम मनाईदैछ । थारुहरुले हरेक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि यो पर्व सुरु गरी महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने परम्परा रहेको छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

यो पर्वमा घरमै बसी दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खानेका खाने गर्दछन् । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने थारु जातिहरुको सांस्कृतिक परम्परा रहेको छ ।

रैब पर्वका दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने सांस्कृतिक मान्यता रहिआएको थारुहरु बताउँछन् । यो पर्वमा एकाविहानै नजिकैको इना, तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई फलफूल लगायतका परिकारहरु चढाई सकेपछि त्यसलाई प्रसादको रुपमा खाने परम्परा छ । तर गत बर्षझै यो वर्ष पनि कोरोना महामारीका कारण आ–आफ्नै घरमा बसेर थारुहरुले आफ्नो पर्व मनाइँदैछन् ।

थारु जातिको धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सु–स्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य बालीनालीमा रोगब्याथी नलागोस्, बाली उत्पादनमा वृद्धि होस्, समयमै बर्षा होस भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको किंवदन्ती रहेको छ ।

यस्तैगरी केही थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर पनि मनाउने गर्छन् । यो प्रत्येक बर्ष भदौ महीनाका हरेक आइतबारहरुमा अगल–अलग गाउँहरुले आफ्नो अनुकुल पारी आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...