कन्काईमा एकै परिवारका तीन जना मृत फेला

 लिम्बुवान न्युज
                       

झापा, ७ भदौं । झापाको कन्काई १ मा आठ महिने छोरीसहित एकै परिवारका तीनजना मृत फेला परेका छन् ।

मृत्यु हुनेमा ३४ बर्षीय रविन विक, उनकी श्रीमती २९ बर्षकी मुना र आठ महिने छोरी रुबिना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरु आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले बताए ।

प्रहरीका अनुसार उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको छ भने मुचुल्का उठाई थप अनुसन्धान गरिने एसपी भट्टराईले जनाएका छन् ।

मृतकका आफन्तका अनुसार उनीहरुलाई कोरोना संक्रमित भएको तर ककसलाई भएको हो खुल्न नसकेको एसपी भट्टराईले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...