फक्ताङ्लुङमा किरात धर्मगुरु आश्रम बन्दै

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ । किरात धर्मावलम्बीहरुको महान तिर्थस्थल सेन्छेई फक्ताङलुङ मारुङतेम्बे, पारुम्तेम्बेमा निर्माणाधिन निजी गुरु आश्रम भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका ७ साविक लेलेप गा.वि.स. ९ मा अवस्थित किरातहरुको धार्मिक तिर्थस्थल मारुङतेम्बे, पारुम्तेम्बेमा गुरु निजी आश्रम भवन निर्माण गरिएको हो ।

भदौं पहिलो सातानै सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको सेन्छेई फक्ताङलुङ संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनले बताएका छन् ।

समितिका सल्लाहकार तथा आर्थिक संकलन समन्वयन विभागका संयोजक ज्ञानु फुरुम्बोका अनुसार हालसम्म शुभेच्छुक धर्मावलम्बी महानुभावहरुबाट गत साउन मसान्तसम्ममा आर्थिक सहयोग ६४ लाख १९ हजार ६८५ रुपैयाँ समितिको खातामा संकलन भइसकेको छ ।

यसरी सहयोग प्राप्त भइरहेको भवन निर्माण खर्च अहिलेसम्ममा ४३ लाख २४ हजार ८५ रुपैंयाँ खर्च भइसकेको सल्लाहकार फुरुम्बोले बताए । करिब ८० प्रतिशत भवन निर्माण कार्य सम्पन्न भइसकेको सल्लाहकार फुरुम्बोको भनाई छ ।

सेन्छेई फक्ताङलुङ (कुम्भकर्ण) धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गर्ने प्रचुर सम्भावना बोकेको धार्मिकस्थल हो । किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले किरात समुदायको मुख्य तिर्थस्थलको रुपमा स्थापना गरिदिनु भएको क्षेत्र हो ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...