कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण दर घटदो क्रममाछ भने निको हुने दर बढदो क्रममा रहेको पाइएको छ । आज स्वास्थ्य मन्त्रालयले यस्तो तथ्याङक सार्वजनिक गरेको गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ९२४ जना निको भएका छन् । मृत्यु हुनेको संख्या २४ जना भएको छ मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालय रहेको तथ्याङ्क अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४४१ संक्रमित रहेको पुष्टि भएको छ । त्यसैगरी सबैभन्दा कम म्याग्दीमा १० जनाको कोरोना संक्रम देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...