झापाको कमललाई नगरपालिका बनाउन सातदलीय गठबन्धनद्वारा माग

,   लिम्बुवान न्युज
                       

कमल, ७ भदौ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ ।

गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफनै अस्तित्वमा नगरपालिका निर्माण गरिनु पर्ने स्पष्ट पारेको छ ।

दमक नगरपालिकाको एकपक्षीय निर्णय, भ्रमपूर्ण, जालसाधीपूर्ण भएको ठहर गर्दै सात दलीय गठबन्धनले त्यस्तो निर्णय कार्यान्वयन नगर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, –‘कमल आफै नगरपालिका स्तरन्नतिका लागि सामर्थय रहेकाले त्यसै अनुसार अघि बढ्न गाउँपालिकासहित सबै राजनीतिक दल, आम नागरिक समाजसंग अनुरोध गर्दछौं’ कमलमा सत्तारुढ नेकपा एमाले वाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बूवान मञ्च, नेपाल, नेकपा एकीकृत (समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) लगायतका स्थानीय दलीय गठबन्धन निर्माण गरिआएका छन् ।

गठबन्धनले यसअघि नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावित निर्णय खारेजी गर्न गाउँपालिकासहित प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने समेत निर्णय भएको कांग्रेस कमलका सभापति खगेन भण्डारीले बताए ।

यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमहानगरपालिकाको प्रस्ताव थाहै नदिई सहअस्तित्वमा रहेको स्थानीय सरकारलाई वेवास्ता गरेको भन्दै उक्त प्रस्तावप्रति असहमति जनाएका थिए ।

विज्ञप्तिः

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;