नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले जित्यो निफ्फ अवार्ड, लिम्बु चलचित्र ‘के’ले पायो उत्कृष्ट कथा अवार्ड

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर ।  नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले अमेरिकामा आयोजित नेपाल आदिवासी चलचित्र अवार्ड (निफ्फ) को उपाधि जितेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको आदिवासी अवार्ड (निफ्फ) को उपाधि जित्न सफल भएको हो ।

अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गते सम्म भएको चलचित्र महोत्सवमा विभिन्न भाषाका सातवतट चलचित्रहरुलाई पछि पार्दै ‘जा मन गुभाजु’ले उपाधिसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जेतेको छ ।

त्यसैगरी आदिवासी (निफ्फ) अवार्डबाट लिम्बु कथानक चलचित्र ‘के’ले उत्कृष्ट कथाको अवार्ड पाएको छ । अन्य विधाको अवार्डहरुमा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ‘ट्याङचालक’की नायिका तिला मगर, नेवारी चलचित्र ‘जा मन गुभाजु’ले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ । यसै गरी तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

पुरस्कार विजेताहरुलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिंदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताए ।

कार्यक्रममा ७ वटा जातिका चलचित्रहरु छनौटमा परेका थिए । चलचित्र हेर्नलाई न्यूयोर्कमा रहेका नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...