२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो ।

संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकाको बलिया चोकदेखि भल्का चोकसम्म विरोध ¥यालीसहित विभिन्न प्ले कार्डहरु बोकेर जनप्रदर्शन गरेको थियो । विभिन्न नाराहरु लेखिएको प्ले कार्ड बोकेर सो क्रममा उनीहरुले रेशम चौधरीसहित टीकापुर घटनाका सबै बन्दी निःशर्त रिहाई गर, राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर, थारुहट–थारुवान आन्दोलनका क्रममा उठाइएका मागहरु पूरा गर, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर जस्ता नाराहरु समेत ¥यालीमा लगाएका थिए ।

आजभन्दा ६ बर्ष अघि कैलालीको टीकापुरमा लोकतन्त्रको मुल्य र मान्यतालाई आत्मासाथ गर्दै थारु आदिवासीहरुले थरुहट प्रान्तको माग गर्दै आन्दोलन गर्ने क्रममा हिंसात्मक रुप लिदा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।

सरकारले सो घटनामा दोषी ठहर गर्दै सांसद रेशम चौधरीसहितका ११ जनालाई जिल्ला अदालत कैलालीबाट जन्मकैदको फैसला भई हालपनि चौधरीले जेलजीवन बिताइरहेका छन् ।

राज्यपक्षको दमनको विरुद्ध आयोजित जनप्रदर्शनमा विभिन्न जातीय संघसंस्थाका घटकहरुले पनि थारुहट–थारुवान संयुक्त मोर्चाको प्रदर्शनमा समर्थन जनाएका थिए । (फाइल तस्वीर)

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...