माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई दलको दर्ता निर्वाचन आयोगमा सनाखत

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ भदौ ।  माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा आज सनाखत गर्ने काम सकिएको छ ।

राजनीतिक दल सम्बन्धी शेरबहादुर देउवा गठबन्धनको सरकारले ल्याएको अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा नयाँ दल दर्ताको प्रमाणपत्र आयोगले दिनेछ ।

दल दर्ता प्रक्रियामा प्राविधिक समस्या नआएको खण्डमा आयोगले आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने जनाएको छ ।

स्रोतको अनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको हो यद्यपी निर्वाचन आयोगका अधिकारीहरुबाट आधिकारिक निर्णय आएको छैन ।

यसअघि नेकपा एमालेबाट अलग भई पूर्वप्रधानमन्त्री नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

दुई नयाँ दल दर्ता गर्न उनीहरुले दिएको निवेदनअनुसार निर्वाचन आयोगले आज सनाखत गर्न दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;