पथरीमा घरेलु तथा साना उद्योग प्रवर्द्धन बारे छलफल

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रम मंगलबार पथरीशनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।

मुलुकका सातै प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवर्द्धानात्मक कार्यक्रम अन्तर्गत १ नं प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता गरि अवधारणापत्रका बारेमा छलफल अघि बढेको हो ।

गत साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको थियो । सोहि सन्दर्भमा महासंघका प्रतिनिधिसित पथरिशनिश्चरे नगरमा स्थापित उद्योग व्यवसायको स्तरोन्नति र नयाँ व्यवसाय सुरुवात गर्ने बारेको अवधारणापत्रमाथि छलफल भएको हो भने सो कार्यक्रम पालिकासँगको सहकार्यमा अघि बढाइने योजना छ ।

कार्यपालिका सदस्यहरूसंगको छलफलमा महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले हाल सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धन, नयाँ व्यवसायिक योजना निर्माण, परियोजना तयारी र व्यवसाय स्थापनाका लागि व्यवसायिक ज्ञान तथा सहुलियत कर्जाका लागि बैंकहरुसँग समन्वय गर्ने काम महासंघले गर्ने जनाएका थिए ।

सो कार्यक्रमका लागि पथरीशनिश्चरेसहित बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको उल्लेख छ । सोही अवसरमा विषयज्ञाता बाबुराम रानाभाटले व्यवसायिकस्थलमै विज्ञ तथा प्राविधिक खटाएर प्रर्वद्धनका लागि आईपर्ने समस्या पत्ता लगाएर प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यसमेतको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै महासंघका केन्द्रीय उद्यम महिला समिति अध्यक्ष शिवा उपाध्यायले महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि यसै कार्यक्रमसँग समेत जोड्ने बताइन् । त्यसैगरी केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय सहितले देशमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गरी उत्पादन बढाएर निर्यात बढाउने योजनाका बारेमा जानकारी गराएका थिए । छलफलका क्रममा महासंघका जिल्ला अध्यक्ष चेतन निरौला, नगर अध्यक्ष गुरुप्रसाद दहाल सहितका अगुवा त्यसक्षेत्रका उद्यमीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतले नगरमा उद्योग व्यवसाय प्रवर्द्धनको कार्यक्रमले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने औल्याएका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;