जसपाले शुरू गर्याे अभिमुखीकरण कार्यक्रम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विराटनगरमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । आइतबार जसपा प्रदेश नं. १ को आयोजनामा पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो देशको राष्ट्रघाती भएको बताए । विराटनगरको माडवाडी सेवा समितिको भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली राष्ट्रघाती भएको जिकीर गरेका हुन् ।

यादवले भने –‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, छक्काउने र भ्रममा पारिरहन्छन् । त्यसैले म भन्छु, –‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।’

कार्यक्रममा अन्य वक्ताहरु बरिष्ठ नेता अशोक राई, त्यसैगरी कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, शुसिला श्रेष्ठ, पर्शुराम खापुङ र रकम चेम्जोङ् लगायतका नेताहरुले सम्बोधन गरेको प्रदेश नं. १ का कार्यालय सचिव कमन देवानले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;