प्रदेश १ का मुख्यमन्त्री राईद्वारा पदबाट राजीनामा, नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएका छन् । विराटनगरमा आज बिहान बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा भीम आचार्यलाई संसदीय दलको नेता चयन गरे लगतै उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाएका हुन् ।

आजै प्रदेश १ का मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पदभार ग्रहण गरेका छन् । उनले आज प्रदेश प्रमुख प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको रुपमा शपथ गराएका हुन् ।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

अब मुख्यमन्त्री आचार्यले संविधानको व्यवस्था अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;