आज २४३३ जनामा कोरोना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १० भदौं। कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरबाट २४३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३७४ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी यो अवधिमा १९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;